+
+

ऋण असुलीलाई पहिलो प्राथमिकता दिन महासंघको सहकारी सञ्चालकसँग अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:०१

५ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडले ऋण असुलीलाई पहिलो प्राथमिकतामा राख्न सहकारी सञ्चालकलाई अनुरोध गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले सहकारी संस्थाले सञ्चालक तथा व्यवस्थापनले लिएको ऋण असुलीलाई पहिलो प्राथमिकतामा राखी जोखिम न्यूनीकरणका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको हो ।

सहकारी संघ/संस्थाद्धारा सञ्चालन र नियन्त्रण हुने भएकाले सदस्यले आपनो संस्थालाई समस्यामा पर्न नदिन जिम्मेवार हुन समेत महांसंघले अनुरोध गरेको छ ।

महासंघले विद्यमान तरलताको समस्यालाई ध्यानमा राखी सहकारी संस्थाले लगानी गरेको ऋणलाई पुनर्तालिकीकरण/पुनसंरचना गर्ने प्रावधान र ऋणको वर्गिकरण असार मसान्तमा रहेको वर्गमा कायम गर्ने गरी सहकारी विभागमार्फत निर्देशन जारी गर्न समेत महासंघले भनेको छ ।

सहकारी अभियानप्रति सदस्यमा विश्वासको वातावरण सिर्जना हुने गरी सरकारले अभिभावकत्व निर्वाह गर्नुपर्ने र सहकारी व्यवसायको हित हुने गरी सन्देश प्रहाव गर्न समेत महासंघले माग गरेको छ । सहकारी ऐनमा परिमार्जन गरी सहकारीमा व्यक्तिगत बचतको सीमा तोक्न लागिएको प्रति समेत महासंघले विरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?