+
+

एमाले पर्सा जिल्ला कमिटी विघटन, दुई पालिका अध्यक्षसहित केही नेता निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते २०:०९
जसवन्त यादव र मनोज गुप्ता ।

५ फागुन, वीरगञ्ज । नेकपा एमाले मधेश प्रदेश सचिवालयले पर्सा जिल्ला कमिटी विघटन गरेको छ ।

प्रदेश कमिटीको बैठकले वैशाख १७ र १८ गते अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बिहीबार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीको हित विपरीत गतिबिधि गरेको आरोपमा केहि नेतालाई कारबाही समेत गरेको छ ।

बैठकले एमाले पर्साको अधिवेशन सम्पन्न गर्न केन्द्रिय सल्लाहकार परिषद् सदस्य डा.बिश्वम्भर शर्माको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिलाई पार्टी प्रतिनिधिहरुको टुङ्गो लगाई एमाले पर्साको अधिवेशन सम्पन्न गर्न जिम्मा दिइएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ ।

नेकपा एमाले पर्साको ८ औं जिल्ला अधिवेशनले संविधानसभा सदस्य जयप्रकाश थारुको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । सर्वसम्मतिले जिल्ला कमिटी गठन गरिएको भनिए पनि केहि नेताले असन्तुष्टी जनाएका थिए ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वासुदेव चौधरी, नेता वसरुदिन अन्सारी, रामपृत थारु लगायतका नेतालाई ३ महिनाका लागि निलम्बन गरेको एक प्रदेश कमिटी सदस्यले जानकारी दिएका छन् ।

एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचनमा पार्टी नीति विपरीत काम गर्ने पर्साका केहि नेतालाई कारबाही गरिएकोे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?