+
+

काठमाडौं महानगरको संरचनामा सुकुम्बासीले चलाए डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते २०:३६
पहिलाको र सुकुम्बासीले भत्काएपछिको भन्दै मेयर बालेनले फेसबुकमा शेयर गरेको तस्वीर ।

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचनामा डोजर लगाउनु नौलो रहेन । अवैध संरचना हटाउन नगर प्रहरीले अभियान नै चलाएको छ ।

तर मनोहरा क्षेत्रमा भने महानगरको संरचनामा सुकुम्बासीले डोजर चलाएका छन् ।

आयोजनाको उपनिर्देशक निर्मलराज बरालका अनुसार यो काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालिबाट संयुक्त रुपमा २१ सय रोपनी सञ्चालित आयोजना हो । आयोजनाले मनोहरा खोलामा स्वीकृत डीपीआर अनुसार बाटो खोल्ने, रिटर्निङ वाल लगाउने, ढल बिछ्छाउने काम गर्दै आइरहेको छ ।

त्यसक्रममा काठमाडौं वडा नम्बर ३२ को मनोहरा खोला किनारको डीपीपआर अनुसारको बाटोमा रिटर्निङ वाल लगाएको थियो । तर वर्षामा बस्तीमा खोला छिर्ने भन्दै विवाद गरे । आयोजनाका अधिकारीहरु हुँदै छलफल गरेर अघि बढ्ने भनेर फर्किए । तर छेउमै रहेको सुकुम्बासी बस्तीका मानिसहरुले ३ फागुनमा डोजर चलाएर १५० मिटरको पर्खाल भत्काएका छन् ।

उपनिर्देशक बरालका अनुसार भत्काएको पर्खालको फोटोसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिइएको छ । दुई दिनसम्म प्रशासनले चासो नदिएको भन्दै मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । उनले साामाजिक सञ्जाल फेसबुकमासार्वजनिक संरचनामा अतिक्रमण रोक्न राज्यको माथिल्लो निकाय निरह भएको टिप्पणी गरेका हुन् ।

व्यक्तिको जग्गामा अनाधिकृत रुपमा बसिरहेका केहि व्यक्तिले खोलाको बाँध भत्काउन डोजर चलाएका भन्दै उनले लेखेका छन्, ‘राज्यको माथिल्लो तह निरिह भएर बसेको छ । गृह मन्त्रालय र सुरक्षा निकायले निजी जग्गालाई संरक्षण गर्न सुरक्षा दिन सक्दैन र त्यसलाई हडप्नेहरुले सार्वजनिक संरचनामा हुने अतिक्रमण रोक्न सक्दैन भने काठमाडौंको सुरक्षाको जिम्मा सोही व्यक्तिहरुलाई दिए हुन्छ ।’

आवश्यक निर्देशन दिएका छौं : प्रशासन

काठमाडौं प्रशासनले भने आवश्यक कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको बताएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले निवदेन अनुसार आवश्यक कारबाहीको लागि प्रहरीलाई निर्देशन गरिसकेको बताइन् ।

‘बुधबार आयाजनाले दिएको निवेदनको विषयलाई लिएर हामीले कानुनी प्रक्रिया अनुसार सुरक्षा निकायलाई भनिसकेका छौं । अब प्रहरीले आफ्नो काम गर्दै होला,’ खत्रीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?