+
+
Shares

भुजुङमा ‘नम्बरी सुन’को छायांकन, क्यारेक्टर लुक्समा यस्तो देखिए नम्रता, गौरव र किरण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १३:३०

काठमाडौं । यतिबेला लमजुङको भुजुङ गाउँमा फिल्म ‘नम्बरी सुन’को धमाधम छायांकन भइरहेको छ । राजु गिरीको निर्देशनमा छायांकन भइरहेको फिल्म ललितपुरको सिकाली चौरबाट सुरु भएको थियो । पर्यटकीय गाउँ भुजुङको छायांकन सेटबाट प्राप्त ताजा तस्वीरमा कलाकारलाई चरित्र लुक्समा देख्न सकिन्छ ।

फिल्ममा गौरव पहारी नायकको भूमिकामा छन् भने ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपाली खलपात्रको भूमिकामा । तस्वीरमा यी दुई क्यारेक्टर हुलियामा देखिएका छन् । भुजुङ गाउँमा १९ औं दिनको छायांकन चल्दैछ । गुरुङ भाषाको फिल्म प्रायः छायांकन भइरहने भुजुङमा पहिलोपटक नेपाली फिल्म सुटिङ भइरहेको हो ।

७० वर्ष पुरानो कथा भएकाले पनि भुजुङमै छायांकन गर्नुपरेको कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीले अनलाइनखबरलाई बताए । निर्देशक गिरीले सिनेमाको कथाले नै पौराणिक गाउँ खोजेकाले पनि त्यस्तै थलो खोज्दै जाँदा भुजुङ गाउँ पुगिएको बताए ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरवसहित नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी र आशा भारतीलगायत कलाकारको अभिनय छ ।

शिवम अधिकारीको पटकथा रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जीवन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?