+
+

‘पठान’ र ‘अवतार २’ बने यस वर्ष नेपालमा १०-१० करोड कमाउने विदेशी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १७:४८

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने फिल्म बनेका छन् । भन्नुको अर्थ, २०७९ सालमा हलिउडको ‘अवतार २’ र यशराज ब्यानरको बलिउड फिल्म ‘पठान’ले १० करोड रुपैयाँ हाराहारीमा कमाइ गर्न सके ।

माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम कलेक्सन १० करोड आठ लाख रुपैयाँ ग्रस छ । दुई करोड ५० लाख नेपाली रुपैयाँमा खरिद गरेको यो फिल्मबाट वितरकले झण्डै दुई करोड मुनाफा गरेका छन् । वितरकले नेपालबाट झण्डै तीन करोड ३६ लाख नेरु सेयर रकम यशराज ब्यानरलाई बुझाएका छन् ।

पुस १ गते रिलिज भएको जेम्स क्यामरुन निर्देशित ‘अवतार : द वे अफ वाटर’ले पनि १० करोड हाराहारीमा कमाइ गरेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ । १० करोडभन्दा चार-पाँच हजारले कम कमाइ भएपनि यसलाई दुई अंकको कमाइ मान्न सकिन्छ । बलिउड फिल्मले १० करोडभन्दा बढी कमाइ गरिरहेपनि नेपालमा अंग्रेजी फिल्मले दुई अंकको कमाइ गर्नु दुर्लभ घटना हो ।

यी दुवै फिल्मले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेका थिए । यस वर्षको जेठ १३ गते रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले झण्डै २४ करोड कमाउँदै नेपाली बक्स अफिसमा धेरै कमाउने स्वदेशी फिल्मको कीर्तिमान रचेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?