+
+

विमानस्थलमा अध्यागमनको सर्भर चलेन, अन्तर्राष्ट्रिय उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १४:२८

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा सयौं यात्रु समस्यामा परेका छन् ।

अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्ने भएकाले अवतरणमा समेत समस्या हुने जोखिम छ ।

अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले भने विमानस्थलभरि इन्टरनेट सेवामा समस्या आएकाले अध्यागमनको सेवा रोकिएको दाबी गरे ।

तर विमानस्थलका प्रवक्ता सिटौला भने अध्यागमनको सर्भर मात्रै प्रभावित भएको र त्यसले समग्र विमानस्थलको सेवामा समस्या आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?