+
+

नामिबियाका प्रशिक्षकले भने : शृंखला नसोचेको निराशाजनक रह्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:१९

८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबिया जित बिहीन रहँदै घर फर्केको छ ।

नेपालमा खेलेका सबै चार वटै खेल हारेको नामिबियाका सहायक प्रशिक्षक एलबी मोर्केलले शृंखला हालसम्मकै निराशाजनक भएको बताएका छन् । ‘यो शृंखला सोचेको भन्दा निकै खराब रह्यो । ब्याटिङ निकै खराब रह्यो,’  सोमबार भएको आफ्नो चौथो खेलमा स्कटल्याण्डसँग ४३ रनले पराजित भएपछि उनले भने ।

लिग टू मा हालसम्म खेलेका शृंखलामा नामिबियाले एउटा पनि खेल जित्न नसकेको यो पहिलो शृंखला हो । उनले आफूहरु यस्तो नतिजाको अपेक्षा गरेर नेपाल नआएको बताए ।

‘हालसम्मकै निराशाजनक रहयो यो शृंखला हाम्रो लागि । यस्तो नतिजाको हामीले अपेक्षा गरेका थिएनौं,’ उनले भने ।

नामिबियाले राम्रो ब्याटिङ गर्न नसकेर नै हार बेहोर्नु परेको उनले बताए ।

मोर्केलले नेपालमा खेल्न आफूले सोचे भन्दा सहज भएको प्रतिक्रिया पनि दिए ।

‘नेपालमा हामीले अपेक्षा गरेभन्दा सहज भयो खेल्नलाई । तर हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं । आगामी ४ खेलमा यो गल्ती सुधार गरेर मात्रै हामी शीर्ष तीनमा पर्ने सम्भावना बाँकी रहन्छ,’ उनले थपे ।

लिग टूमा २ खेल खेल्न बाँकी रहेको नामिबियालाई नेपाल र यूएईले उछिन्ने संभावना बाँकी छ । २ खेल खेल्न बाँकी रहेको नामिबिया ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । उसले यूएईसँग अब मात्र २ खेल खेल्न बाँकी छ । सबै ३६ खेलेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ ।

पाँचौं स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक र छैटौं स्थानमा रहेको नेपालको २७ खेलबाट २४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?