+
+

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:५०

८ फागुन, वीरगञ्ज । प्रहरीले भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

विल विजक भन्दा बढी मालवस्तुहरू लोड रहेको र भएका विल बिजक पनि शंकास्पद देखिएकोले सामान सहितको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मुल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?