+
+

अमेरिकी राष्ट्रपति बाइडेनले गरे युक्रेनको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १९:४२

८ फागुन, काठमाडौं । रुस–युक्रेन युद्धको वर्ष दिन पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले सुटुक्क युक्रेनको भ्रमण गरेका छन् ।

बाइडेन पोल्याण्डबाट रेल चढेर शनिबार युक्रनको राजधानी किभ पुगेर फर्किसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पोहोर २४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयति अमेरिकी राष्ट्रपतिको यो पहिलो युक्रेन भ्रमण हो ।

अमेरिकाले बाइडेनको युक्रेन भ्रमणको तयारी धेरै पहिलादेखि नै गरिरहेको थियो । तर गत शुक्रबार मात्र निर्णय भएको हो । सुरक्षाका कारण भ्रमण गोप्य राखिएको थियो ।

भ्रमण पूरा भएपछि अमेरिकाले यसबारेमा रुसलाई पनि जानकारी दिइसकेको ह्वाइट हाउसले जनाएको छ । बाइडेनको भ्रमणले युक्रेनी नागरिक र सेनाको मनोबल बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ, ‘आइतबार राति ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार राष्ट्रपति सोमबार ह्वाइट हाउसमा हुनेछन् र बेलुकी बार्सा प्रस्थान गर्ने छन्, तर बाइडेनले बार्सा जानुअघि नै आफ्नो आधा यात्रा पूरा गरिसकेका छन् ।’

पूर्वघोषित कार्यक्रम अनुसार बाइडेनको ३ दिने पोल्याण्ड भ्रमण सोमबार राति सुरु हुँदै छ र उनी मंगलबार बिहान बार्सा पुग्ने छन् । पोल्याण्डमा समकक्षी एन्द्रेज दुदासँग उनले युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने छन् ।

अमेरिकाले युक्रेनलाई अहिलेसम्म ३० अर्ब डलर बराबरको सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?