
९ फागुन, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको खोजी पत्रकारिता पुरस्कार पत्रकार मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने भएको छ ।
वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो ।
२०६४ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार दाहालले सुशासन, सार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासो लगायत विषयमा कलम चलाउँदै आएका छन् । उनी हाल कान्तिपुर दैनिकमा आवद्ध छन् ।
त्यस्तै विगत १५ वर्षदेखि पत्रकारिता गर्दै आएकी वाग्ले महिलामाथि हुने विभेद, सार्वजनिक प्रशासन लगायत विषयमा कलम चलाउँदै आएकी छन् । राजधानी, नेपाल समाचारपत्र, हिमाल खबरपत्रिका हुँदै हाल आइएनएस डटकममा कार्यरत छिन् ।
५० हजार राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने इन्जाका सचिव दीपक रिजालले जानकारी दिए ।
प्रतिक्रिया 4