+
+

सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १३:४०

१० फागुन, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । ९ फागुन मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १३ करोड २० लाख रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?