+
+

ड्यानी अल्भेसलाई यौन दुर्व्यवहार मुद्दामा धरौटीमा छाड्न अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १६:२८

१० फागुन, काठमाडौं । ब्राजिलियन फुटबल स्टार ड्यानी अल्भेसलाई स्पेनिस अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

यौन  दुर्व्यवहार आरोपमा पक्राउ परेका ब्राजिलियन डिफेन्डर अल्भेसले धरौटीमा छुट्न पाउँ भन्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको हो ।

धरौटीमा छाड्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने भन्दै बार्सिलोनाको अदालतले उनको निवेदन अस्वीकार गरेको हो । अदालतले धरौटीमा छाड्न नमानेपछि उनी अब बार्सिलोनमै थुनामा बस्नु पर्ने भएको छ ।

‘अल्भेसलाई जमानतमा छाडिएको खण्डमा उनी स्पेन छाडेर भाग्ने जोखिम उच्च छ किनकी यदी अल्भेसको अपराध पुष्टि भएको खण्डमा कडा सजाय भोग्नु पर्ने हुन्छ । राम्रो आर्थिक अवस्थाले पनि उनलाई जुन सुकै बेला स्पेन छाड्न सम्भव बनाउन सक्छ । बार्सिलोना अदालतले भनेको छ ।’

स्पेनको प्रहरीले अल्भेसलाई यौन दुव्र्यवहारको आरोपमा फेब्रुअरी २० मा पक्राउ गरेको थियो । बार्सिलोनाका पूर्व रक्षक अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ ।

प्रहरीमा उपस्थित भएका ३९ वर्षीय अल्भेसले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुव्र्यवहार नगरेको दाबी गर्दै आएका छन् ।

तर अल्भेसको बचाउ पक्षले भने उनी निर्दोष रहेको भन्दै सबै आरोपको खण्डन गर्दै आएका छन् । बचाउ पक्षका एकले भने, ‘अल्भेस पहिले जति निर्दोष थिए, अहिले पनि उत्तिकै निर्दोष छन् ।’

अल्भेस ट्रयाकिङ डिभाइस लगाउन र ब्राजिलियन पासपोर्ट अदालतमा नै बुझाउन तयार भएका थिए । उनले घर र कार्यस्थलभन्दा ५०० मिटर टाढा नजाने शर्त मानेर धरौटीमा छाड्ने माग राखे पनि अदालतले उनलाई छोड्न नमानेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?