+
+

जनकपुरमा चुरे तथा वनजंगल संरक्षण अभियानको आन्दोलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १७:४९

११ फागनु, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले पाँच सुत्रीय माग राख्दै आन्दोलन सुरु गरेको छ ।

चुरे र वन संरक्षणको माग गर्दै संयौको संख्यामा रहेका अभियानकर्ताहरु जनकपुरधामको मुरलीचोकबाट प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका थिए । बाटोमै प्रहरीले रोकेपछि फर्केर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

उनीहरुले क्याम्पसचोक नजिक चौबीस घण्टे धर्ना सुरु गरेका हुन् ।

खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहिन तथा सुकुम्बासीको आवसको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धि समस्या हल गर्नु पर्ने लगायत अभियानको माग छ ।

अभियानका संरक्षक सरोज रायले पटक-पटक आन्दोलन गर्दा पनि माग पूरा नभएकाले बाध्य भएर धर्ना सुरु गरेको बताए ।

मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले अब आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने अभियानका संरक्षक सरोज यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?