+
+

फोटो काठमाडौं फोटोग्राफी फेस्टिभल भोलिदेखि ललितपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १८:५२

काठमाडौं । फोटो काठमाडौं फोटोग्राफी फेस्टिभलको पाँचौं संस्करण ललितपुरको पाटन संग्रहालयमा शनिबार सुरु हुँदैछ । फेस्टिभलको उद्घाटन भने शुक्रबार साँझ नै गरिएको छ ।

फागुन १७ गतेसम्म चल्ने फेस्टिभलमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरले आफ्ना कृति प्रदर्शन गर्ने आयोजक फोटो सर्कलले जनाएको छ । ललितपुरका विभिन्न ६ स्थानमा प्रदर्शनीमा राखिने फोटो अवलोकनका लागि बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुला राखिने जनाइएको छ ।

कार्यक्रममा फोटोग्राफीसम्बन्धी अन्तरक्रिया समेत हुनेछ । यसैगरी फोटोग्राफीमा महत्वपूर्ण योगदान पुर्‍याउने अग्रज फोटोग्राफरलाई यस वर्षको काठमाडौं उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?