+
+

प्रदेश १ मा विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १४:२९

१४ फागुन, विराटनगर । विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको छ । तीन अर्ब लागतमा प्रदेश १ मा उद्योग स्थापना गरी विद्युतीय गाडी उत्पादनका लागि कोरियाको एस.डी.के कम्पनी र नेपालको कोसी एन के मोटर्स प्रालिबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार उद्योग स्थापनाका लागि २५ प्रतिशत कोरियन कम्पनी र ७५ प्रतिशत नेपाली कम्पनीले लगानी गर्नेछ । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनी एस.डी.केका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर गरेका छन् ।

एक वर्षपछि कोरियन प्रविधिमा आधारित विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष्य राखिएको कोसी एन के मोटर्स प्रालिका अध्यक्ष पुरीले जानकारी दिए । उनले पहिलो चरणमा स्कुल कलेजका लागि विद्युतीय बस उत्पादन गर्ने लक्ष्य राखिएको पनि बताए ।

त्यसपछि विस्तारै साना गाडी उत्पादन गर्ने लक्ष्य राखिएको पुरीको भनाइ छ । उनका अनुसार उद्योग स्थापनाका लागि आउँदो मार्चमा कोरियन कम्पनीको प्रतिनिधिमण्डल नेपाल आउनेछ । सोही टोलीको अवलोकनपछि प्लान्ट राख्ने स्थान टुङ्गो लाग्नेछ । प्लान्ट राख्ने स्थान छनोटपछि एक वर्षभित्र उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाउने पुरीले बताए ।

विद्युतीय गाडीको माग बढ्दै गएका बेला प्रदेशभित्र ठूलो परियोजना सञ्चालन गर्न लागिएको बताउँदै उनले भने, ‘उद्योगले विद्युतीय सवारीको मागलाई सर्वसुलभ बनाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?