+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशंका, छानबिन सुरू 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १६:५१

१४ फागुन, काठमाडौं । नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मिसावटको आंशकामा छानबिन थालेको छ ।

झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको निगमको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।

‘चार वटा ट्यांकरमा भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजेलमा घनत्व कम भएको पाइएको छ,’ विकले भने, ‘अहिले केन्द्रीय कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ ।’

कार्यालयकाअनुसार गत बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी) को सिलिगुडी डिपोबाट लोड गरिएको मे. १ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको छ ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएको डिजेलमा तल्लो प्यारामिटर भन्दा तल रहेको पाइएको छ ।

डिजेलमा भएको मिसावट के हो भन्नेबारे भने निगमको केन्द्रीय कार्यालयले गठन गरेको प्राविधिक टोलीको छानबिनपछि मात्रै निर्क्यौल हुने निगमको प्रदेश एक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?