+
+

सिलिगुडीबाट भित्रिएको डिजेलमा मिसावटको आशंका, छानबिन सुरू 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १६:५१

१४ फागुन, काठमाडौं । नेपाल आयल निगमले ८० हजार लिटर डिजेलमा मिसावटको आंशकामा छानबिन थालेको छ ।

झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट आएका चार वटा ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको निगमको चारआली कार्यालय प्रमुख भीम विकले बताए ।

‘चार वटा ट्यांकरमा भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजेलमा घनत्व कम भएको पाइएको छ,’ विकले भने, ‘अहिले केन्द्रीय कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ ।’

कार्यालयकाअनुसार गत बुधबार भारतीय आयल कर्पोरेसन (आईओसी) को सिलिगुडी डिपोबाट लोड गरिएको मे. १ ख. २१४९, मे. १ ख. २१५१, ना.७ ख. १५०७ र ना. ७ ख. ६९७४ नम्बरको ट्यांकरको डिजेलमा घनत्व कम भएको पाइएको छ ।

आयल निगमले ८ सय २० देखि ८ सय ५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएको डिजेलमा तल्लो प्यारामिटर भन्दा तल रहेको पाइएको छ ।

डिजेलमा भएको मिसावट के हो भन्नेबारे भने निगमको केन्द्रीय कार्यालयले गठन गरेको प्राविधिक टोलीको छानबिनपछि मात्रै निर्क्यौल हुने निगमको प्रदेश एक कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?