+
+

‘दर्पणछाया २’ अभिनेत्री सहारा कार्कीले असार ११ गते विवाह गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १८:२०

काठमाडौं । ‘दर्पणछाया २’ डेब्यु अभिनेत्री सहारा कार्की विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी असार ११ गते आफूले सञ्चारकर्मी फिरोज तिमिल्सिनासँग विवाह गर्न लागेको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएकी छन् ।

केही दिनअघि फिरोजको विवाह प्रस्तावलाई कार्कीले स्वीकारेकी थिइन् । फिरोजले औंठी लगाइदिएपछि यी दुईले विवाहको खबरलाई सार्वजनिक गर्दै खुसी साटेका छन् । ‘मैले हुन्छ भनें,’ कार्की लेख्छिन्, ‘जुन क्षण मैले तपाईंलाई देखें, मलाई थाहा भयो कि मैले एक जना भेट्टाएँ । मेरो आमाबाबुले आफ्नो बोनस छोरा भन्न सक्ने मान्छे । मेरो छोराछोरीले आफ्नो बुबा भनेर बोलाउने मान्छे म चाहन्छु । जुन व्यक्तिसँग म सँगै जीवन बिताउन हुन चाहन्छु र जुन व्यक्तिसँग म मेरो जीवनका बाँकी अध्याय पूरा गर्न चाहन्छु । तिमी मेरो सदाको लागि घर हौ र मेरो खुसीको घर हौ ।’

तुलसी घिमिरे निर्देशित दर्पणछायाको दोस्रो श्रृंखला बक्स अफिसमा फ्लप भएपनि सहाराको अभिनयलाई रुचाइएको थियो । यही फिल्ममा काम गर्ने बेला फिरोज र सहारा निकट भएका थिए । फिल्ममा फिरोजको पनि छोटो भूमिका थियो । उनले नेपाल आइडल र भ्वाइस अफ नेपालमा समेत काम गरिसकेका छन् । उनी केही म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् । सहारा भने दर्पणछाया २ असफल भएपछि अमेरिका लागिन् र फिल्म क्षेत्रबाट टाढिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?