+
+

‘रेलको बाटो’लाई भारतमा ५ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते ८:२७

नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएको छ ।

‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो संस्करणमा ‘रेलको बाटो’ले विभिन्न पाँचवटा अवार्ड जितेको हो ।

उत्कृष्ट भिडियो, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको भिडियोका निर्देशक लक्षमण सुनारले जानकारी दिए ।

भारतमा भिडियो उत्कृष्ट बनेपछि मोडल चिरञ्जीवि सापकोटाले नेपाली अवार्डले नचिनेको मेहनत, अन्तर्रास्ट्रले चिनेको बताए ।

निर्देशक सुनारका अनुसार यो महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत विजेता बनेको हो । भिडियो २१ मार्च २०२१ मा सार्वजनिक भएको थियो ।

लेखराज गिरीको शब्द एवम् सुरज पण्डितको स्वर तथा संगीत रहेको यो भिडियोमा सापकोटासँगै सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?