
१५ फागुन, काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । आयोगले त्यसको जानकारी संघीय संसद सचिवालयलाई पनि गराइसकेको छ ।
यसअघि निर्वाचन आयोगमा दर्ता भएको ‘वैज्ञानिक समाजवादी पार्टी’को नाम परिवर्तन भएर ‘आम जनता पार्टी’ कायम भएको र सो पार्टीको अध्यक्ष प्रभु साह रहेको निर्वाचन आयोगले जनाएको छ ।
तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर लागेका साहले मंसिर ४ को निर्वाचन अगाडि एमाले छाडेका थिए । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि उनले आम जनता पार्टी गठन गरेको घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4