+
+

प्रतिश जिसीले लिए डेब्यू विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:३२

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली डेब्यूटान्ट प्रतिश जिसीले विकेट लिएका छन् ।

टस जितेर फिल्डिङ गरेको नेपालका लागि प्रतिशले ३३.३ ओभरमा पपुवा न्युगिनीका हिरीहिरीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् ।

उनको यो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट हो ।

तीव्र गतिका १८ वर्षीय बलर प्रतिश प्युठानमा जन्मिएका हुन् । तर, उनले घरेलु प्रतियोगितामा वागमती प्रदेशका लागि खेल्दै आएका छन् ।

लिग टूअन्तर्गत युएई र पपुवा न्युगिनी सम्मिलित शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपालविरुद्ध औषत ब्याटिङ गरिरहेको छ ।

३५ ओभर सकिँदा पपुवा न्युगिनीले ५ विकेट गुमाएर १२१ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले ३ विकेट लिएका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन् । नेपाल लिग टूमा लगातार पाँचौं जितको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?