+
+

बढी भीड हुने सरकारी कार्यालय बिदाको दिन पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १८:२६

१५ फागुन, काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तयार तालिका स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिकामा कर्मचारीहरुले सिफ्टमा काम गर्नेछन् । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् ।

मन्त्रिपरिषदबाट स्वीकृत तालिकाबारे सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?