+
+

१८ फागुनदेखि कान्ति लोकपथमा आवागमन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १९:२६

१५ फागुन, हेटौंडा । फागुन १८ गते बिहीबारदेखि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले कान्ति लोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं जोड्ने सडक मर्मतका लागि २ महिना बन्द गरिएको थियो ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको यी दुई सडक बन्द भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा फर्कन प्रयोग गर्न दिने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?