+
+

आगामी बजेटका लागि राजस्व सम्बन्धी सुझाव माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १४:१५

१६ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । सोही अन्तर्गत आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ ।

आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा सुझाव मागिएको हो । विभागका अनुसार आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर तथा समग्र कर प्रणाली सुधारका विषयमा सरोकारवालाले सुझाव दिन सक्ने भएका छन् ।

विभागले संघसंस्था, सरकारी निकाय, बुद्धिजिवी र सरोकारवालाबाट यस्तो माग गरेको हो । अघिल्लो वर्ष राजस्व परामर्श समितिको स्थायी संयन्त्रमार्फत यस्तो काम भइरहेकोमा अब भने यो जिम्मेवारी पुनः अर्थ मन्त्रालयको काँधमा आएको छ । अघिल्लो सरकारले राजस्व परामर्शका लागि बनेको स्थायी संरचना नै खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?