+
+

कलाकारलाई कटाक्ष गर्दै ‘छक्कापञ्जा ४’ ले ल्यायो माग्ने बुढाको स्वरमा गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १४:४६

निर्मल शर्मा गैंडाको नि सधैं एउटा पारा

बिहे नगर्दै दीपाश्रीका चाउरी परे गाला

हैट भन्ने बुद्धि तामाङ फेमस छँदै छ नि

ठूलो भएछ तीतो सत्यको स्यानो फुच्चे पनि

बेनिशा नानी कति च्वाँख, हत्तेरी माटोक्नी

दीपकराजको बढ्दो उमेर कसका बाउले रोक्नी ?

शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छक्कापञ्जा ४’ले केदारप्रसाद घिमिरे माग्नेबुढाको स्वरमा प्रवद्र्धन गीत ल्याएको छ । जसमा फिल्मका शीर्ष सबै कलाकारलाई व्यंग्य गरिएको छ । अहिलेसम्म अविवाहित दीपाश्रीदेखि दीपकराज गिरीसम्मको ढल्किंदो उमेरलाई गीतमा कटाक्ष गरिएको छ ।

अभिनेत्रीहरु बेनिशा हमाल, मलिना जोशी र स्वस्तिमा खड्कालाई पनि गीतमा कटाक्ष गरिएको छ । तीतो सत्यमा बाल कलाकारको रुपमा चर्चामा आएका राज आचार्यदेखि बुद्धि तामाङसम्मलाई गीतमा उछितो काढिएको छ । माग्ने बुढाको आफ्नै कम्पोजमा तयार भएको गीतको भिडियोमा कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मालाई पनि फिचर्ड गरिएको छ ।

स्वस्तिमाले कस्तो नाच्या, म त परे दंग

माग्ने बुढो नाच्न लाग्दा लड्यो बङल्याङ्ग

मलिना नि कस्ती राम्री मिस नेपाल भा’की

म नि हिरोइन बन्छु भन्दै पवनकली आ’की

उकुसमुकुस खेल्ने मैना यतैतिर आइछे

हैटको बुढी भइछे हजुर गालैमा म्वाइ खाइछे

गीतमा फिल्मका सबै कलाकारलाई व्यंग्य मात्र गरिएको छैन, उनीहरुको वास्तविक जीवनलाई पनि व्यंग्य गरिएको छ । प्रमोसनल गीतको रुपमा ल्याइएको यसमा फिल्मका महत्वपूर्ण दृश्यलाई समेत समावेश गरिएको छ । हेमराज बीसी निर्देशित कमेडी तथा सोसल ड्रामा छक्कापञ्जा ४ शुक्रबारदेखि नेपालसहित केही मुलुकमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?