+
+

जापानमा जन्मदरमा तीव्र गिरावट, ८ लाख कम बच्चा जन्मिए

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते २०:५०

१६ फागुन, काठमाडौं । जापानका प्रधानमन्त्री फुकिमो किशिदाले देशमा जन्मदरमा आएको तीव्र गिरावटप्रति चिन्ता व्यक्त गरेका छन् । यसले माजका रुपमा सन्तुलन कायम राख्न जापान असफल बन्दै गएको उनको निष्कर्ष छ ।

सरकारी तथ्यांक अनुसार जापानमा गत वर्ष ८ लाख कम बच्चा जन्मिएका छन् । यो पछिल्लो १०० वर्षमा पहिलो पटक भएको हो ।

विकसित देशमा जन्मदरको कमीको समस्या साझा हो । तर जापानमा आएको समस्या अझ गम्भीर छ । यहाँ पछिल्ला वर्षहरुमा औसत आयु बढी छ । यसको अर्थ बृद्धबृद्धाको संख्या लगातार बढिरहेको छ । जन्मदर कम हुँदा कामकाजी जनसंख्याकाको संख्या कम छ ।

विश्व बैंकको तथ्यांकअनुसार विश्वमा मोनाकोपछि सबभन्दा धेरै जेष्ठ बृद्धबृद्धा भएको देश जापान हो । र, यो अवस्थामा कुनै पनि देशलाई आफ्नो अर्थ व्यवस्थाको गति कायमै राख्न निकै कठिन हुन्छ । जहाँ जनसंख्याको ठूलो हिस्सा रिटायर्ड र कामकाजीको संख्या कम हुन्छ, त्यहाँ स्वास्थ्य सेवा पेन्सन सिस्टम उच्च विन्दुमा हुन्छ । जापान अहिले यही समस्या झेलिरहेको छ ।

यसलाई हेरेर जापानका प्रधानमन्त्री किसिदाले जन्मदर बढाउन चालिने कार्यक्रमहरुमा सरकारले खर्च गर्ने रकम दोब्बर बनाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसको अर्थ अब यो क्षेत्रमा सरकारको खर्च कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) को करिव ४ प्रतिशत बढी जाने छ । जापानमा अहिले प्रतिमहिला जन्मदर १.३ प्रतिशत छ । सबभन्दा कम दक्षिण कोरियामा ०.७८ छ ।

कामकाजीको संख्या बढाउन प्रवासी कामदार ल्याउन दिएको सुझावलाई जापानले अस्वीकार गरेको छ ।

कामकाजी नागरिकको कमीका कारण स्वास्थ्य र सामाजिक सुरक्षामा निरन्तर दबाव बढ्दो छ । जापानमा बाहिर देशमा जन्मिएका मानिसको संख्या कुल जनसंख्याको ३ प्रतिशत मात्र छ । जबकी बेलायत जस्ता देशमा १५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?