+
+

लायन्स कप २०२३ गर्ल्स फुटसलको उपाधि माउन्ट ओलिभलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:५१

१७ फागुन, काठमाडौं । लायन्स कप २०२३ गर्ल्स  फुटसलको उपाधि माउन्ट ओलिभ स्कुलले जितेको छ ।

फाइनलमा पुगेको महालक्ष्मी स्कुललाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै माउन्ट ओलिभले उपाधि जितेको हो ।

उपाधिसँगै माउन्ट ओलिभ स्कुलले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको महालक्ष्मी स्कुलले १५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा माउन्ट ओलिभकी खेलाडी सरु तामाङ ११ गोल सहित सर्वाधिक गोलकर्ता घोषित भइन् ।

प्रतियोगिताका विजेतालाई महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन तथा लायन्स क्लब इन्टरनेशनल ३२५ का पूर्व जिल्ला गर्भनर अनुपकुमार पहारी लगायतले पुरस्कार वितरण गरेका थिए । फुटसल प्रतियोगितामा १३ विद्यालयहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?