+
+

नामकरणमाथि छलफल गर्न प्रदेश १ बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १५:१०

१७ फागुन, विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ ।

प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रको सदस्य संख्या दुई तिहाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?