+
+

रेशमसँग रामचन्द्रको १५ मिनेट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १७:५५

१८ फागनु, काठमाडौं । उसो त नागरिक उन्मुक्ति पार्टी आठदलीय नयाँ गठबन्धनमा सामेल छँदैछ । अनि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग सबै शीर्ष नेताहरुको कुरा भइरहन्छ ।

तर राष्ट्रपति प्रत्याशी रामचन्द्र पौडेललाई नाउपाका संरक्षक रेशम चौधरी भेट्ने मन भयो । उनी आज पुगे डिल्लीबजार कारागार ।

‘राष्ट्रपति उठेको थाहा पाइहाल्नुभयो, सकेको वातावरण बनाइदिनुपर्‍यो,’ पौडेलले चौधरीलाई भने ।

पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार चौधरीले आफूलाई भेट्न जेलसम्मै आइदिएकामा पौडेललाई धन्यवाद दिए ।

‘तपाईंजस्तो सम्मानित व्यक्तित्वलाई राष्ट्रपति उम्मेदवार पायौं,’ चौधरीको भनाइ उद्धृत गर्दै अधिकारीले सुनाए, ‘हाम्रो साथ हुन्छ ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले २५ फागुनमा एमालेका उपाध्यक्ष सुवास नेम्बाङसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । बलियो गठबन्धनको साथ पाएका पौडेललाई चुनाव जित्न तुलनात्मक सहजता छ । यति हुँदाहुँदै पनि शिष्टाचारका लागि समेत उनी रेशम भेट्न जेल पुगेको उनको टिमले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?