+
+

मधेश सरकारको भुक्तानी विवाद : छानबिन समिति सभापतिले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २०:०९

१८ फागुन, जनकपुरधाम । गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेश प्रदेशसभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिको सभापति पदबाट राजीनामा दिएका छन् ।

छानबिन समितिकी सभापति उपसभामुख बबिताकुमारी राउत ईशरले पदबाट राजीनामा दिएकी हुन् । असहज अस्तव्यस्तता जटिलता महसुस गरेर पदबाट राजीनामा दिएको उनले बताइन् ।

गत आर्थिक वर्ष २०७८–०७९ को मधेश सरकारको विभिन्न योजनाको झण्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । जुन प्रदेश सरकारको लागि टाउको दुखाइ बनेको छ । भुक्तानीको समस्या सुल्झाउन प्रदेश सरकारका अर्थमन्त्री संजयकुमार यादवको प्रस्तावमा ४ फागुनमा प्रदेशसभा बैठकले उपसभामुख इशरको सभापतित्वमा २० सदस्य छानबिन समिति गठन गरेको थियो । तर समितिको एउटा बैठक बस्न नपाउँदै सभापति इशरले राजीनामा दिएकी हुन् । गत मंगलबार बसेको समितिको पहिलो बैठकमा सभामुख रामचन्द्र मण्डलले समितिका सभापति पदबाट उपसभामुखले राजीनामा दिएको सुनाएका थिए ।

पहिलो बैठकले समितिको सभापतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारीलाई सर्वसम्मत चयन गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

यस अघि २०७५÷०७६ मा प्रदेश सरकारको ९२ करोड रुपैयाँ भुक्तानीको लफ्डा थियो । जुन ०७६÷७७ मा प्रदेश सभाले यस्तै उच्चस्तरीय छानबिन समिति गठन गरेर भुक्तानी फर्छयौट गरेको थियो । त्यतिबेलाको प्रतिवेदनमा अब यस्तै नजिर नदोहरिने गरी बाँकी भुक्तानीको लागि छानबिन समिति गठन नगर्ने उल्लेख गरिएको थियो । तर, फेरि आर्थिक २०७८–०७९ मा झण्डै एक अर्ब रुपैयाँ भुक्तानी रह्यो । र भुक्तानीको लागि पुनः उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । जुन नीति संगत नरहेको र यसले गलत संस्कार बसाउन खोजेको भन्दै सरकारको आलोचनना सुरु भएको छ ।

कानुनी उल्झन हुन सक्ने देखेपछि विवादित नबन्न उपसभामुख इशरले समितिको सभामुख पदबाट राजीनामा दिएको श्रोतको दावी छ ।

समितिले सभामुखको निर्देशनमा आफ्नो कार्यविधि आफैंले निर्माण गर्ने र भुक्तानी समस्या समाधान गर्ने छ । गठित समितिको अवधि कार्य प्रारम्भ भएको मितिले ३० दिनको हुने उल्लेख छ । गत मंगलबार बसेको बैठकले मुख्यमन्त्री कार्यालयले पत्राचार गरेर सात दिन भित्र बाँकी भुक्तानी योजनाको विवरण माग गर्ने निर्णय गरेको हो ।

समितिले ती योजनाहरुको स्थलगत निरीक्षण र नापजाँच गर्ने,सरोकारवाला निकायसँग कागजात माग्ने, सरकारको पदाधिकारीहरुसँग बयान लिने लगायतको काम गरेर भुक्तानी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?