+
+

च्याट जिपिटीबाट यसरी फर्काउन सकिन्छ ह्वाट्सएपको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १३:१८

काठमाडौं । पछिल्लो समयको निकै लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको रुपमा रहेको ChatGPT ले इन्टरनेट प्रयोगकर्ताको लेख्ने काम घटाइदिएको छ ।

विश्लेषकहरुका अनुसार अमेजन किन्डलमा च्याट जिपिटीकै कारण इ–बुकमा वृद्धि हुन सक्दछ किनकी च्याट जिपिटीका कारण किताब लेख्न तथा लेखक बन्न निकै सरल बनेको छ । यद्यपि च्याट जिपिटीका धेरै बेफाइदा पनि छन् ।

अब च्याट जिपिटीले तपाईंको ह्वाट्सएप मेसेजको जवाफ पनि आफैं दिन सक्नेछ । सुन्दा अनौठो लाग्न सक्दछ यो यथार्थ हो कि च्याट जिपिटीले तपाईंको ह्वाट्सएपमा आउने सबैखालका मेसेजको जवाफ दिन सक्दछ ।

च्याट जिपिटीबाटै ह्वाट्सएका मेसेजको जवाफ फर्काउने गरी तपाईंले सेटिंग्स मिलाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले ह्वाट्सएपमा च्याट जिपिटी लिंक गर्नु पर्दछ । र, यो काम तपाईंले GitHub को सहयोगमा गर्न सक्नुहुन्छ ।

कसरी गर्ने ?

एकजना डेभलपरले गिटहबमा पाइथन स्क्रिप्ट तयार पारेका छन् जसको सहयोगमा तपाईंले ChatGPT लाई आफ्नो ह्वाट्सएप अकाउन्टसँग जोड्न सक्नुहुन्छ ।

यसका लागि सबैभन्दा पहिले https://github.com/danielgross/whatsapp-gpt  मा जानु पर्दछ र त्यहाँ एउटा वेबपेज खुल्दछ ।

उक्त पेजमा रहेको Code मा क्लिक गर्नुहोस् ।

त्यसपछि download zip मा क्लिक गर्नुहोस् ।

अब तपाईंले सो फाइल खोल्नुहोस् र फाइल खोलेसँगै Whatsapp-gpt-main  देखिनेछ । त्यसमा server.py  छान्नु पर्दछ ।

त्यसपछि ls  टाइप गरी enter बटन थिच्नुहोस् र तत्पश्चात् python server.py  लेख्नुहोस्

त्योसँगै तपाईंको ह्वाट्सएप अकाउन्टवाला मोबाइल नम्बर OpenAI च्याटसँग Configure हुनेछ ।

त्यसपछि Verify I am a human   मा क्लिक गर्नुहोस् । अनि आफ्नो ह्वाट्सएप अकाउन्टमा जानुहोस् र OpenAI ChatGPT सर्च गर्नुहोस्

तपाईंले यसबाट कुनैपनि मेसेज पठाएर परीक्षण पनि गर्न सक्नुहुन्छ ।

उक्त सेटिंग्स पश्चात् अब तपाईंको ह्वाट्सएपमा आउने कुनैपनि मेसेजको जवाफ च्याट जिपिटीले दिनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?