+
+

‘छक्कापञ्जा ४’लाई पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते २०:०३

काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो ।

आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोडभन्दा बढी कमाइ गरेको जानकारी दिए ।

शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोडसहित उछाल कमाइ गर्‍यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रहे । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् ।

फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च देखियो । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको थियो ।

हेमराज बीसी निर्देशित पल्टिकल र कमेडी ड्रामामा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?