
२१ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले शानदार पुनरागमन जित निकालेको छ ।
शनिबार घरेलु मैदान एमिरेट्स स्टेडियमका भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एएफसी बर्नमाउथलाई ३-२ ले हरायो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रेईस नेल्सनले ९७औं मिनेटका गोल गरेपछि आर्सनलले मअत्वपूर्ण तीन अंक जोड्यो ।
त्यसअघि खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । मार्कोस सेनेसीले ५७औं मिनेटमा गोल गर्दै बर्नामाउथको अग्रता दोब्बर पारे । तर उसले दुई गोलको अग्रता कायम राख्न सकेन । आर्सनलले ८ मिनेटमा दुई गोल फर्काउँदै खेल बराबरी गर्यो ।
आर्सनलका थोमस पार्टेले ६२औं र बेन ह्वाईटले ७०औं मिनेटमा गोल गरेपछि आर्सनलले खेलमा पुनरागम गर्यो ।
बराबरीतर्फ पुगेको खेलको नेल्सनले ईन्जुरी टाइमको सातौं मिनेटमा शानदार गोल गर्दै आर्सनललाई जित दिलाए ।
जितपछि २५ खेलबाट ६३ अंक जोडेको आर्सनलले फेरी दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ ।
सिटीको समान खेलबाट ५८ अंक छ ।
यस्तै चेल्सीले लिड्सलाई १-० ले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4