+
+

‘क्यामिनो’का लागि नीति शाहले सिकिन् तीन महिना अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १३:०८

काठमाडौं । ‘अमेरिकी सपना’माथिको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘क्यामिनो’ छायांकनको तयारीमा छ । ‘रोल्पा रोग’ फेम्ड दीपक वलीले निर्देशन गर्ने फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, नीति शाह र वर्षा सिवाकोटी हुनेछन् । यही फिल्मबाट नीतिले अभिनयमा डेब्यु गर्दैछिन् ।

यसका लागि उनले अभिनेता अनुप बरालसँग तीन महिनाको अभिनय कोर्स लिइन् । गौशालास्थित नेपाल फिल्म क्याम्पसमा उनले अभिनय सिकिन् । मोडलिङ र ब्युटी पेजेन्टको पृष्ठभूमिबाट फिल्ममा आउन लागेकी नीतिलाई बरालले अभिनयका आधारभूत पक्षदेखि क्यामिनोमा उनले गर्न लागेको चरित्रबारे सिकाए ।

अभिनय सिकाइलाई नीतिले आफ्नो जीवनको रोमाञ्चक क्षण भएको बताएकी छन् । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी नीतिले ‘एक्स नाइन लेभल वान’ समेत साइन गरेकी थिइन् तर त्यो प्रोजेक्ट रोकिएपछि ‘क्यामिनो’मा काम गर्न लागेकी हुन् ।

दक्षिण अमेरिकी मुलुक ब्राजिल र मेक्सिको हुँदै हिंडेर अमेरिका पुग्ने नेपालीको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?