+
+

वित्तीय अवस्थाबारे सरकार र निजी क्षेत्र बीचको छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १४:२६

२१ फागुन, काठडमाडौं । मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटबारे सरकारले बोलाएको छलफल सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको छलफलमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरु सहभागी छन् ।

बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधनमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी छन् ।

यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?