+
+

बानेश्वरमा ‘छक्कापञ्जा’को होली, माग्ने बुढा र दीपाश्रीले गरे मनोरञ्जन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १३:१६

काठमाडौं । कलाकारले आज विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना गरेर फागूपर्व मनाउँदैछन् । ‘छक्कापञ्जा ४’ले बानेश्वर चोकमा होली कार्यक्रम आयोजना गरेको छ । मण्डला थिएटरले थापागाउँ र राजेश हमालसहितका कलाकारले जयनेपाल हलमा होली कार्यक्रम गरिरहेका छन् ।

‘छक्कापञ्जा ४’ले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागि रहे । सर्वसाधारणलाई रङ लगाइदिँदै उनीहरुले शुभकामना समेत दिए । हलमा आफूहरुको फिल्म ‘छक्कापञ्जा ४’ चलिरहेको भन्दै उनीहरुले हेरिदिन समेत आग्रह गरे ।

दीपाश्री र माग्ने बुढाले हाँस्यव्यंग्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिए । अन्य कलाकारले कमेडी र गायन प्रस्तुत गरे । ‘तपाईंहरुकै मायाले आज छक्कापञ्जा ४ राम्रोसँग चलिरहेको छ । हलमा गएर फिल्म हेर्नुहोला र माया गर्नुहोला’ दीपाश्रीले भनिन् । माग्ने बुढाले समेत दर्शकलाई हँसाउँदै दीपाश्रीलाई कटाक्ष गरे ।

बानेश्वर ब्यापार संघले रेडियो अडियो र छक्कापञ्जा टोलीसँग मिलेर होली आयोजना गरेको हो । होलीपछि काठमाडौंका विभिन्न हल पुगेर ‘छक्कापञ्जा ४’ को टोलीले दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ । ‘आज पनि निकै ब्यस्त छौं । बेलुकासम्मै हल भिजिट हुनेछ’ कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्माले अनलाइनखबरसँग भने ।

गत शुक्रबार रिलिज भएको फिल्मले घरेलु बक्स अफिसमा उछाल कमाइ गरिरहेको छ । फागूपर्व र नारी दिवसको बिदाले यो साता हेमराज बीसी निर्देशित फिल्मलाई बक्सअफिसमा फाइदा पुग्ने देखिन्छ ।

 

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?