+
+

पत्नीसँगको विवादमा नवाजुद्दीन सिद्दीकीको प्रष्टीकरण : पैसाका लागि उनी सबथोक गर्दैछिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १५:०६

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र आलिया सिद्दीकी धेरै दिनदेखि चर्चामा छन् । यी दुईका दुई सन्तान छन् एक छोरा यानी र छोरी शोरा । केही दिनअघि आलियाले भिडियो सार्वजनिक गर्दै आफू र बच्चाहरुलाई घरबाट बाहिर निकालिएको दाबी गरेकी थिइन् । उनले कहींकतै जाने ठाउँ नभएको पनि बताएकी थिइन् ।

यो विवादमा नवाजुद्दीनले मौनता तोड्दै आलियाको आरोपबारे प्रष्टीकरण दिएका छन् । साथै उनले सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन् । नवाजुद्दीनले सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै  भनेका छन्, ‘मेरो मौनताका कारण मलाई जताततै नराम्रो मान्छे भनिन्छ । म मौन छु किनकि कतै मेरा साना बच्चाले यो पूरै नाटक पढ्नेछन् । सामाजिक सञ्जालका प्लेटफर्म, प्रेस र धेरै मानिसले वास्तवमा एकतर्फी र हेरफेर गरिएको भिडियोको आधारमा मेरो चरित्रहत्याको मज्जा लिइरहेका छन् ।’

उनले आफू र आलिया धेरै वर्षदेखि सँगै बस्न नपाएका केही बुँदाहरू स्पष्ट गर्न चाहेको बताए । नवाजुद्दीन सिद्दिकीले आफू र आलियाको सम्बन्धविच्छेद भइसकेको र सन्तानको लागि मात्रै बुझेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘कसैलाई थाहा छ, किन मेरा बच्चा भारतमा छन् र ४५ दिनदेखि स्कुलमा छैनन्, स्कुलले मलाई दिनहुँ चिठ्ठी पठाउँदैछ कि धेरै लामो अनुपस्थिति भयो । मेरा छोराछोरी गत ४५ दिनदेखि बन्धकमा छन् र दुबईमा स्कुललाई मिस गरिरहेका छन् । सिद्दिकीले आलियाले आफ्ना सन्तानलाई विगत चार महिनादेखि दुबईमा छोडेको दाबी गरेका छन् ।

नवाजुद्दीनले गरेको दाबीअनुसार आलियाले शोरा र यानीलाई चार महिनादेखि दुबईमा छाडेर पैसा माग्ने बहानामा मुम्बई बोलाएकी हुन् । आलियाले बालबालिकासँग दुबई जानुअघि विद्यालयको शुल्क, मेडिकल, यात्रा र अन्य बिदाबाहेक दुई वर्षदेखि मासिक १० लाख र ५ देखि ७ लाख रुपैयाँ पारिश्रमिक लिइरहेको उनको दाबी छ ।

उनले लेखेका छन्, ‘मैले उनका तीनवटा फिल्मका लागि पैसा पनि दिएको छु जसमा मेरो करोडौं रुपैयाँ खर्च भयो, उनी मेरा सन्तानकी आमा भएकाले आम्दानीको स्रोत बनाउन मद्दत गरें । मेरा बच्चाको लागि आकर्षक कारहरु दिएँ तर उनले तिनीहरुलाई बेचेर पैसा खर्च गरिन् । मैले मेरा बच्चाका लागि मुम्बईको वर्सोवामा एउटा भव्य अपार्टमेन्ट पनि किनेको छु । मेरा छोराछोरी नाबालिग भएकाले आलियालाई उक्त अपार्टमेन्टको सहमालिक बनाइएको थियो । मैले मेरा छोराछोरीलाई दुबईमा भाडामा अपार्टमेन्ट दिएको छु, जहाँ उनी पनि आरामसँग बस्दै आएकी थिइन् ।

आलियालाई बढी पैसा चाहिने भएकाले आफू र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको दाबी गरे । नवाजुद्दीनले लेखेका छन्, ‘आलियाले यसअघि पनि यस्तै गरिसकेकी छिन्, जब उनको मागअनुसार तलब दिइयो, उनले मुद्दा फिर्ता लिइन् । उनले भनेका छन्, ‘मेरो छोराछोरी छुट्टीमा भारत आउँदा हजुरआमासँगै बस्ने गर्थे । कसैले कसरी घरबाट निकाल्न सक्छ ? त्यो बेला म आफैं घरमा थिइनँ ।’

नवाजुद्दीनले आलियाले आफूलाई ब्ल्याकमेल गर्न, प्रतिष्ठामा आँच पुर्‍याउन र आफ्ना अवैध माग पूरा गर्न यस्तो गरेको आरोप लगाएका छन् । उनले कुनै पनि अभिभावक आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित होस् भन्ने चाहँदैनन् र सधैं उनीहरूको लागि राम्रो चाहन्छन् भन्ने लेखेका पनि छन् ।

उनले लेखेका छन्, ‘आज मैले जे कमाएको छु, त्यो मेरा दुवै बच्चाका लागि हो र त्यसलाई कुनै पनि कुराले परिवर्तन गर्न सक्दैन । म शोरा र यानीलाई माया गर्छु र उनीहरूको भलाइ र भविष्य सुरक्षित गर्न कुनै पनि हदसम्म जानेछु । मैले अहिलेसम्मका सबै मुद्दा जितेको छु र न्यायपालिकामा विश्वास गरिरहनेछु । क्याप्सनमा उनले लेखेका छन्, ‘आफूले आरोप लगाएको होइन, आफ्ना भावनाहरू मात्र व्यक्त गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?