+
+

जनकपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १३:२४

२३ फागुन, जनकपुरधाम । जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने धनवीर रायकी श्रीमती ६५ वर्षीया  ईश्वर देवी राय छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेद प्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजेको समयमा जनकपुर- ढल्केबर सडकखण्डअन्तर्गत मुजेलियामा बाटो काट्ने क्रममा ज६प २२१७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको थियो ।

महिलाको उपचारको क्रममा प्रादेशिक अस्पतालङ्गा साढे ७ बजे मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?