+
+

नेपालगञ्जमा मिस नेपालको अडिसन भोलि, सुर्खेतमा सोमबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते ११:४२
बिहीबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी लगायत

काठमाडौं । मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए ।

शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज र पोखरामा सम्पन्न भइसकेको छ । नेपालगञ्जपछि कर्णाली प्रदेशको वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौंमा अडिसन हुनेछ । सुर्खेतमा सोमबार र काठमाडौंमा चैत ४ गते अडिसन हुने तय गरिएको छ ।

नेपालगञ्ज प्रेसमिटमा मिस नेपालका क्षेत्रीय संयोजक सिद्धार्थजंग शाहले सबैलाई समेट्न सातै प्रदेशमा अडिसन आयोजना गरिएको बताए । ‘सातै प्रदेशमा अडिसनको अर्थ काठमाडौं पुग्न नसक्ने प्रतियोगी पनि सहभागी हुन नसकुन् भन्ने हो । सोहीअनुसार उत्साहजनक सहभागिता पाएका छौं,’ उनले भने ।

मिस नेपाल प्रियंकारानी जोशीले आगामी मिस वल्र्डमा आफ्नो तयारीबारे समेत बोलेकी थिइन् । उनले भनिन्, ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने राम्रो प्लेटफर्मको रुपमा मैले मिस नेपाललाई लिएको छु । मेरो उद्देश्य मिस वल्र्डमा जानु हो ।’ तीनैजना मिस नेपालले उक्त अवसरमा आफ्नो धारणा र अनुभव राखेका थिए ।

मिस नेपाल–२०२३ को आवेदन चैत १ गतेसम्म दिन पाइने भएको छ । आवेदन प्राप्त भइरहेको हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले जानकारी दिए । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?