+
+

सहकारीका सीईओको संकल्प : सुरक्षित सहकारी निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १२:५२

२६ फागुन, काठमाडौं । सहकारी संस्थाका प्रमुखहरुले सुरक्षित सहकारी निर्माणको संकल्प गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सीईओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै काठमाडौंमा सम्पन्न भएको हो ।

दुई दिनसम्म चलेको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तिले प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सीईओ)को उपस्थिति थियो । गोष्ठीमा सहभागी सीईओहरुले सहकारी संस्थाले प्रविधिकयुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताप पारित गरेको हो ।

गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वःनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता सिईओहरुले गरेका छन् ।

बाध्यकारी नियामकीय प्रबन्ध पूर्णरुपमा कार्यान्वयन गर्ने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरिकरण कोषमा आवद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?