+
+

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बूढानीलकण्ठस्थित निजी निवासमा सर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ६:२८

२८ फागुन, काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदैछ ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शीतलनिवास छाड्नुपर्ने भएको हो ।

उनी शीतलनिवासबाट बूढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९) गते हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?