+
+
Shares

विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १३:३१

२८ फागुन, काठमाडौं । भुक्तानी सन्तुलनतमा सुधार हुँदै जाँदा विदेशी विनियम सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ । शोधनान्तर बचत १ खर्ब भन्दा माथि पुग्दा माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक पुगेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १३.८ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति १० अर्ब ५० करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

उच्च आयातसँगै लगातार बढेको शोधनान्तर घाटाले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि २०७९ पुसदेखि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको थियो। पछिल्लो समय आयातमा गरिएको कडाइ क्रमशः खुकुलो बन्दै गएपछि आयात संकुचति हुँदा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ ।

आयातमा भएको संकुचन र विदेशी विनियम सञ्चिति बढ्दा सञ्चिति पर्याप्तता सूचक उल्लेख्य सुधार देखिएको छ । आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?