+
+

दोस्रो खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता १६ जेठमा हुने

रामहरि ओझा रामहरि ओझा
२०७९ फागुन २८ गते १८:५७

२८ फागुन, डोटी । डोटीमा यसवर्ष पनि खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता हुने भएको छ । जेष्ठ शुक्ल दशमीका दिन लाग्ने खप्तड गंगा दशहरा मेलाको अवसरमा १६ जेठमा महिला र पुरुष खप्तड–शैलेश्वरी खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

म्याराथनका साथमा भलिबल, देउडा र घोडा दौड प्रतियोगिता पनि आयोजना गरिने उनले बताए । ‘धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन सो प्रतियोगिताको आयोजना गरिएको हो’ प्रमुख सेनाली कार्कीले भने । म्याराथन प्रतियोगिता खप्तडको त्रिवेणी धामबाट सुरु भई डोटी सदरमुकामस्थित प्रसिद्ध शैलेश्वरी मन्दिरसम्म ३२ किलोमिटरको हुनेछ ।

सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा हुने प्रतियोगिता सञ्चालनका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँगको सहयोग रहने प्रमुख सेनानी कार्कीले वताए ।

आइइतबार सम्पन्न पहिलो चरणको तयारी बैठकले म्याराथनमा प्रथम हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । यस्तै, महिलातर्फ पहिलो हुनेले ५० हजार प्राप्त गर्ने छन् । त्यसै गरी प्रतियोगितामा दोस्रो, तेस्रो लगायत दशौँ स्थान हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

गत बर्ष भैरवप्रसाद गणको व्यवस्थापनमा प्रथम खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा भवानीबक्स गण अछामका अमलदार सुनिलकुमार शाही प्रथम भएका थिए । उनले ३२ किलोमिटरको दुरी २ घण्टा १८ मिनेट ३१ सेकेण्डमा परेका गरेका थिए । गत बर्ष प्रथम पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?