+
+

लिग २ : नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते ९:००

२९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध बलिङ गर्ने  भएको छ ।

कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जोगाइसकेको छ ।

आजको खेलमा नेपाली टोलीमा एक जना परिवर्तन गरिएको छ । आइतबार यूएईविरुद्ध खेलेका गुलशन झाको ठाउँमा आज करण केसी खेल्दैछन् ।

पीएनजीविरुद्धको आजको खेल र अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।

३४ खेल खेलेको नेपाल ३६ अंकसहित शीर्ष चारमा छ । सबै खेल खेलिसकेर हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ । नेपालले बाँकी सबै खेल जिते ४० अंकसहित शीर्ष तीनमा पर्दै ओडीआई क्वालिफायरका लागि छनोट हुनेछ ।

स्कटल्याण्ड र ओमान भने क्रमश: पहिलो र दोस्रो स्थान कायम गर्दै क्वालिफायरका लागि छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?