+
+

लिग टू मा पीएनजीमाथि नेपालको शतप्रतिशत जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १३:५७

२९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि शतप्रतिशत जित निकालेको छ ।

घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृंखलामा सोमबार ९ विकेटको सहज जित निकाल्दै नेपाल पीएनजीमाथि अपराजित रह्यो । लिग टू मा नेपालले अब यूएईसँग एउटा मात्र खेल खेल्न बाँकी छ ।

लिग टू मा सहभागी ७ टिमले हरेक टिमसँग तीन वटा शृंखलामा गरी कूल ६ खेल खेल्नु पर्ने छ । जसमा नेपालले पीएनजीलाई ६ वटै खेलमा हराएर शतप्रतिशत जित निकालेको हो ।

नेपालले २०२२ मार्चमा यूएईमा भएको लिग टू मा पीएनजीलाई २ विकेट र ७ विकेटले पराजित गरेको थियो ।

यस्तै युएईमै गत हप्ता भएको अर्को श्रृंखलामा नेपालले पीएनजीलाई ४ विकेट र ३ विकेटले हराएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा भने ९ विकेटले विजयी भयो ।

लिग टू मा स्कटल्याण्ड, ओमान र नामिबियाले पनि पीएनजी विरुद्धका सबै ६ वटै खेल जितेका थिए ।

लिग टू मा ३५ खेल खेल्दा जम्मा ५ खेल मात्र जितेको पीएनजीले यूएईविरूद्धका ४ खेल र अमेरिकाविरूद्धको एउटा खेलमा सफलता पाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?