+
+

चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ७:५८

३० फागुन, चितवन । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै चितवनका विभिन्न ११ कलेजमा लगाएको ताला फोडेको हो ।

जिल्लामा त्रिविका १४ कलेजमा स्ववियुको निर्वाचन हुँदैछ ।भरतपुरका ठुला कलेजहरू सप्तगण्डकी कलेज, वीरेन्द्र भरतपुरमा लगाएको ताला फुटाइदिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकपछि प्रशासनले सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेसम्म ताला खोल्न समय दिएको थियो ।

तोकिएको समयभित्र लगाएको ताला नखोलेपछि प्रहरीले बिहानै सबै कलेजको ताला फुटाएको प्रवक्ता पण्डितले जानकारी दिए ।

चितवन प्रशासनले सम्पूर्ण क्याम्पस व्यवस्थापनहरुलाई तोकिएकै मिति चैत ५ गते नै स्ववियु निर्वाचन  गर्ने गरी त्यसअघिका विभिन्न क्रियाकलाप र गतिविधिहरुको संक्षिप्त प्रक्रिया अवलम्बन गरि निर्वाचन गर्न भनेको छ ।

ताला प्रहरीले तोडेपछि आज विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारको मनोनयन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?