+
+

नेप्सेमा एकल अंकको वृद्धि, १ अर्ब १४ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १५:४४

३० फागुन, काठमाडौं । लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य एकल अंकको वृद्धि भएको छ । आइतबार करिब २७ अंक र सोमबार करिब २५ अंकले गिरावट भएको नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको छ ।

मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित उत्पादनमुलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ ।

नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ । मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ४८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ४५ लाख र शिवम् सिमेन्टको ३ करोड १६ लाखको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ । मंगलबार कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत र शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ ।

यता सपोर्ट लघुवित्तको सेयरमूल्य ३.२ प्रतिशतले गिरावट हुँदा कृषि विकास बैंकको सेयरमूल्य ३.९० प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?