
३० फागुन, काठमाडौं । इंग्ल्याण्डसँगको टी-२० शृंखला घरेलु टोली बंगलादेशले ह्वाइटवास गरेको छ ।
तेस्रो तथा अन्तिम टी-२० क्रिकेट १६ रनले जित्दै बंगलादेशले ३ खेलको शृंखला ह्वाइटवास गरेको हो ।
बंगलादेशले दिएको १५९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका जोस बट्लर र डविड मालनले तेस्रो विकेटका लागि ९५ रनको साझदोरी गर्दै खेललाई नियन्त्रणमा राखेका थिए ।
तर १४औं ओभरमा यो साझेदारी तोड्दै बंगलादेश खेलमा फर्कियो ।
इंग्ल्याण्डको मध्यक्रमका ब्याट्सम्यान दबावमा परे र ३५ बलमा २८ रन जोडेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । मालन ५३ र बट्लर ४० रनमा आउट भए ।
यसअघि शेरे बंगला नेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
बंगलादेशका लागि ओपनर लिटोन दासले ५७ बलमा १० चौका र १ छक्का सहित ७३ रन बनाए । अर्का ओपनर रोनी तालुक्दारले २२ बलमा २४ रन बनाए । तेस्रो क्रमका ब्याटर नज्मुल सान्तो ३६ बलमा १ चौका र २ छक्का सहित ४७ रनमा अविजित रहे । कप्तान सकबि हसन ४ रनमा अविजित रहेका थिए ।
इङ्ल्यान्डका लागि आदिल रासिद र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।
टी–२० अघि भएको ३ खेलको एकदिवसीय शृंखला भने इंग्ल्याण्डले २–१ ले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4