+
+

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ११:४९

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को छायांकनमा व्यस्त भएकी छन् ।

रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइडलकी जज समेत हुन् । त्यसक्रममा केही मिडियासँग कुरा गर्दै उनले सम्बन्धलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेबारेमा टिप्स दिइन् ।

बेस्ट पार्टनरसिप बनाउन एकअर्काप्रति सम्मान र साथ दिनसक्नुपर्ने उनको सुझाव छ । ‘हरेक ठाउँमा लभले काम नगर्न सक्छ । तर सम्मान चाहिं हुनुपर्‍यो । कहिलेकाहीं कामकाजमा हात बढाउने कुराहरु, सहयोग भयो भने बेस्ट पार्टनरसिप हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

सम्बन्धलाई बलियो बनाउने कुरामा आफ्ना अनुमान पनि फेल खाएको बताउँदै उनले भनिन्, ‘म पनि यी कुरामा फेल खाइरहेकी छु । यो गरम त्यो गरम भन्ने छैन । राम्रो गरौं भन्दा भन्दै पनि कति कुराहरु मिलिराखेको हुँदैन सम्बन्धमा । धैर्यता र एकअर्कालाई सुन्न सक्नुपर्‍यो । दुवै जनाको सुन्न सक्ने क्षमता राम्रो हुनुपर्‍यो । जज गर्नुभएन । स्वतन्त्र रुपमा प्यासन फलो गर्न दिनुपर्छ ।’

दम्पतीले एकअर्काको रुचि र चाहनालाई साथ दिनुपर्ने र यसले सम्बन्ध बलियो बन्ने उनको तर्क छ । ‘पुरुष होस् या नारी, एकअर्काको प्यासनलाई लिएर इम्पावर्ड गर्दियो भने सम्बन्ध बलियो हुन्छ । आशा छ अहिलेसम्म यसले काम गरिराख्या छ,’ उनले भनिन् । पछिल्लो समय केही कलाकारको वैवाहिक जीवनमा दरार आएको प्रसंगमा उनले डिभोर्स आपसी सहमतिमा हुने र यसलाई बिग इस्यु बनाउन नहुने धारणा राखिन् ।

चार वर्षको उमेरसम्म आफूलाई हजुरबुवा र हजुरआमाले हुर्काएकाले उहाँहरुकै सामुन्ने आफूले चितवनमा विवाह गरेको सुरक्षाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?