+
+

सांसद चयन गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १५:१५

१ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीको तर्फबाट समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार दिउँसो ११ बजे बैठक बोलाइएको नेताहरुले बताएका छन् । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।

जसपाको समानुपातिक बन्दसूचीमा मुस्लिम क्लस्टरमा शहनाज रहमानपछि दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । एक नेताका अनुसार मञ्जु अन्सारी सांसद बन्ने बढी सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?