 
																			१ चैत, जनकपुरधाम । महोत्तरीमा आगलागीमा परेर गम्भीर घाइते एकजनाको मृत्यु भएको छ । महोत्तरीकै बलवा नगरपालिका–४ परौलकी ५० वर्षीय चन्दर देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत फागुन २७ गते घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।
परौल बस्ने रामसागर यादवको खपडाको छानो, बाँसको टाटीको बेरा लगाएको १ तले कच्ची भान्सा घरमा फागुन २७ गते दिउँसो आगलागी भएको थियो । आगोमा जलेका ५२ वर्षीय जयकरण यादवको उपचार भने काठमाडौंमा भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4